भारतीय अर्बपतीविरुद्ध बलात्कारको उजुरी , कार्यालयमा बोलाएर बलात्कार गरेको अभिनेत्रीको दाबी

भारतीय अर्बपतीविरुद्ध बलात्कारको उजुरी , कार्यालयमा बोलाएर बलात्कार गरेको अभिनेत्रीको दाबी

एजेन्सी : भारतीय अर्बपती सज्जन जिन्दलविरुद्ध बलात्कारको उजुरी दर्ता भएको छ। आफ्नो कम्पनीको कार्यालयमा बोलाएर बलात्कार गरेको दाबीसहित एक अभिनेत्रीले दिएको उजुरी अदालतको आदेशमा दर्ता भएको हो।

दुबईमा खेलको बेलामा भेट भएका जिन्दलसँग मोबाइल नम्बर आदानप्रदान भएको र उनले विवाहको प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ।

अदालतले आदेश दिएपछि मुम्बई प्रहरीले जिन्दलविरुद्धको उजुरी दर्ता गरेको हो। मुम्बई हाई कोर्टको आदेश अनुसार जाहेरी वान्द्रा कुर्ला कम्प्लेक्समा डिसेम्बर १३ मा दर्ता भएको बिबिसी हिन्दीमा उल्लेख छ।

जिन्दलकोतर्फबाट उनको कम्पनीले आरोप झुट भएको दाबी गरेको छ। उसले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

जाहेरी अनुसार उनीहरूबिच सन् २०२१ मा दुबइमा भेट भएको थियो। आइपिएलको भिआइपी बक्समा दुवैको भेट भएपछि मोबाइल नम्बर आदानप्रदान भएको थियो। २०२१ को डिसेम्बरमा मुम्बइमै अनि पूर्व सांसद प्रफुल्ल पटेलको छोराको विवाह समारोहमा जयपुरमा उनीहरूको भेट भएको थियो। जयपुरको भेटपछि दुबैबिच मित्रता बढेको र कुराकानी सुरु भएको जाहेरीमा उल्लेख छ।

जनवरीमा एक मिटिङका लागि उनको कार्यालयमा गएको र उनले पेन्टहाउसमा लगेर आफूले अस्वीकार गर्दा पनि जवर्जस्ती गरेको उल्लेख गरिएको छ। जाहेरीमा प्रहरीमा गएमा नतिजा ठिक नहुने भन्दै धम्क्याएको जाहेरीमा दाबी गरिएको छ। जिन्दलको जेएसडब्लु भारतको दोस्रो ठुलो स्टिल कम्पनी हो। जिन्दल ऊर्जा क्षेत्रमा समेत सक्रिय छन्।

पुष २, २०८० सोमबार २१:१५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।