निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गरेपछी कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन : गगन थापा

निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गरेपछी कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

तनहुँमा कांग्रेसले गरेको कार्यक्रममा सोमबार बोल्दै थापाले १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुँदैन भन्ने व्यवस्था गर्न सकिने बताए।

‘१६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुँदैन भन्ने राखौं। त्यसकारण निर्वाचन अगाडि कांग्रेस, एमाले र कुनै पनि दलले गठबन्धन गर्न पाउँदैन,’ थापाले भने, ‘अनि कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन। यो अभ्यास थुप्रै देशमा पनि छ।’

पुष २, २०८० सोमबार १७:५६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।