७२ घन्टापछि डा. गोविन्द केसीले तोडे अनशन

७२ घन्टापछि डा. गोविन्द केसीले  तोडे अनशन

काठमाडौं : डा. गोविन्द केसीले ७२ घण्टे अनशन तोडेका छन्।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने र यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्ने माग राखेर केसी २१ औँ पटक अनशनमा बसेका डा. केसीले धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन्।

स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेका उनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन्। केसी धनगढी स्थित सेती अस्पतालमा केही दिन भर्ना भएर उपचारमा रहने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए।

१० दिनअघि पित्तथैलीको शल्यक्रिया गरेका उनको आइतबार ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको थियो। धनगढी स्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीले कमजोरीका कारण आइतबारदेखि बोलचालसमेत कम गरेका थिए।

पुष २, २०८० सोमबार १७:२७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।