विप्लवविरूद्व पक्राउ पुर्जी जारी भएपछि तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको माग

विप्लवविरूद्व पक्राउ पुर्जी जारी भएपछि तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको माग

काठमाडौं : समाजवादी मोर्चाले नेपाल कम्युनिष्ट पार्टीसँग गरिएका तीन बुँदे सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गरेर नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।

संयोजक नेपालले जारी गरेको विज्ञप्तिमा सम्झौता कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आह्वान गरिएको छ।

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतलाई पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले समाजवादी मोर्चा बनाएका थिए।

गत मंसिर १८ गते विप्लव, प्रकाण्ड लगायतलाई पक्राउ पुर्जी जारी भएको थियो। राज्यविरूद्ध कसुरका मुद्दामा उनीहरूलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

बिज्ञप्ति पढ्नुहोस्:

पुष २, २०८० सोमबार १५:०३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।