होण्डाले थाल्यो डियो १२५ स्कुटरको बिक्री, मूल्य तीन लाख

होण्डाले थाल्यो डियो १२५ स्कुटरको बिक्री, मूल्य तीन लाख

काठमाडौं : नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रालिले ‘स्मार्ट’ प्रविधिहरू र थप ‘पावर’ले भरिपूर्ण होण्डा डियो १२५ स्कुटरको बिक्री सुरु गरेको छ।

नेपालमा सर्वाधिक बिक्री हुने स्कुटरमध्येको एक होण्डा डियोको पछिल्लो संस्करण होण्डा डिओ १२५ मा वर्तमान प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो स्कुटरमा १२५ सीसी क्षमताको इञ्जिनका, स्मार्ट चाबी, साईड स्ट्यान्ड लगाउँदा स्टार्ट बन्द हुने तथा वातारणमैत्री एसीजी प्रविधि छन्।

कम इन्धनमा अधिकतम माइलेज दिने पीजीएम एफआई प्रणालीका कारण पनि यो स्कुटरको माग अझ बढ्नेमा कम्पनी विश्वस्त छ।

केही समयअघि भएको नाडा अटो शो मा पहिलो पटक प्रदर्शनमा राखिएको होण्डा डियो १२५ अहिले स्याकार ट्रेडिङ्गले बुकिङ्ग तथा बिक्री गरिरहेको छ।

विज्ञापनहरूमा र आधिकारिक विक्रेताहरूमा भएका क्यूआर स्क्यान गरि सीमित समयका लागि २ लाख ९९ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

पुष २, २०८० सोमबार १२:३०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।