दोस्रोपटकको प्रयासपछि नेपाल जेसिसको अध्यक्ष बने रबिन पोखरेल

दोस्रोपटकको प्रयासपछि नेपाल जेसिसको अध्यक्ष बने रबिन पोखरेल

काठमाडौं : नेपाल जेसीजको वर्ष २०२४ का लागि अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन्।

बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित पोेखरेल अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए।

नुवाकोट जेसीजका पूर्व अध्यक्ष समेत रहेका पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन। ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीन जना प्रतिस्पर्धीहरू रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाई पराजित गरेका हुन्।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु), सिनेटर सन्दिप अग्रहरी विजयी भए।

महासचिव सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती र आयुष निर्वाचित भएका छन्।

उनीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकृत नरेशचन्द्र ओझाले जानकारी दिए।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ।

पुष २, २०८० सोमबार १२:१५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।