टिभीएसले नेपाल भित्र्यायो रोनिन मोटरसाइकल, कति पर्छ मूल्य?

टिभीएसले नेपाल भित्र्यायो रोनिन मोटरसाइकल, कति पर्छ मूल्य?

काठमाडौं : टिभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस रोनिन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ।

स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको दाबीसहित २२५ सीसीमा यो मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ।

१६० केजी तौलको यो मोटरसाइकललले २०.४ पीएस पावर उत्पानदन गर्नुका साथै १९.९३ एनएम टर्क प्रदान गर्छ।

क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी) र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा टिभीएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले काठमाडौंमा मोटरसाइकल लन्च गर्न पाउँदा निक्कै हर्षित भएको बताए।

त्यस्तै पीटी टिभीएस मोटर कम्पनीका अध्यक्ष निर्देशक जे थङ्गराजनले टिभीएस रोनिनको नेपालमा लन्च गर्नु नै नेपालमा टिभीएस मोटरका लागि महत्त्वपूर्ण माइलस्टोन भएको बताए। यो मोटरसाइकलको लन्चले कम्पनीको उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने प्रतिबद्धतालाई जनाउने उसको भनाइ छ।

टिभीएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले अहिले लन्च भएको टिभीएस रोनिन मोटरसाइकल मात्र नभएर एक जीवनशैली भएको तर्क गरे।

टिभीएस रोनिन नेपाली बजारमा ट्रिपल टोन डुअल च्यानल एबीएसमा उपलब्ध हुनेछ। २०८० पुसदेखि देशभरका टिभीएस मोटर आउटलेटहरूमा यो मोटरसाइकल ४ लाख ४९ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

पुष २, २०८० सोमबार १२:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।