आफूमाथि लागेको बलात्कारको आरोपबारे बोले भारतीय उद्योगपति सज्जन जिन्दल

आफूमाथि लागेको बलात्कारको आरोपबारे बोले भारतीय उद्योगपति सज्जन जिन्दल

एजेन्सी : भारतीय उद्योगपति सज्जन जिन्दलले आफूमाथि लागेको बलात्कारको आरोप पूर्णतया निराधार र झुटो भएको बताएका छन्।

एक ३० वर्षीया युवतीले उनीमाथि विवाह गर्ने आश्वासन दिएर बलात्कार गरेको आरोप लगाएकी छन्। ती युवतीले केही वर्षअघि दुबईमा आफूहरूको भेट भएको  बताएकी छन्।

जिन्दलसँग आफ्नो दुबईको एक कार्यक्रमको भीआईपी बक्समा भेट भएको र त्यहिँबाट एक-अर्काको नम्बर साटासाट भएको उल्लेख गरेकी छन्।

यहि वर्ष जनवरी २३ जिन्दल साउथ वेस्टको मुख्यालयमा आफूमाथि जिन्दलले यौन शोषण गरेको युवतीको भनाइ छ। त्यसपछि जिन्दलले उनीसँग विवाह गर्ने वचन दिएको युवतीले दायर गरेको एफआईआरमा उल्लेख छ।

आइतबार साँझ यस आरोपबारे एक विज्ञप्ति जारी गर्दै सज्जन जिन्दलले यसलाई ‘झूटो र आधारहीन’ दाबी भनेका छन्।

विज्ञप्तिमा भनिएको छ- ‘सज्जन जिन्दलले यो आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्छन्। यी आरोप पूर्णतया झुटो र आधारहीन छन्। उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् हो, अनुसन्धान भैरहेको हुनाले यस प्रकरणमा यो भन्दा बढि टिप्पणी गर्नु उचित हुँदैन। हामी तपाईंहरूलाई परिवारको गोपनीयताको सम्मान गर्नसमेत आग्रह गर्दछौँ।’

मुम्बईमा बस्ने यी महिलाको सामाजिक सञ्जाल अकाउन्टका अनुसार अभिनेत्री हुन् छन्।

यस वर्ष फेब्रुअरी १६ मा यी महिला प्रहरी चौकी गएकी थिइन्। १३ डिसेम्बरमा मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्स पुलिस स्टेशनमा धारा ३७६ (बलात्कार), ३५४ (महिलाको गरिमामा चोट पुर्याएको) र धारा ५०६ (आपराधिक धम्की) अन्तर्गत एफआईआर दर्ता गरिएको थियो।

महिलाका अनुसार बान्द्रा उपनगरको एक होटलमा र दक्षिण मुम्बईको जिन्दल मेन्सनमा उनले जिन्दललाई भेटेकी  थिइन्। यौन दुर्व्यवहार हुनुअघि आफू जिन्दलसँग धैरैपटक ड्राइभमा गएको उनले उल्लेख गरेकी छन्।

यौन दुर्व्यवहारको आरोपपछि जिन्दलले आफ्नो फोन उठाउन छाडेको ती महिलाको भनाइ छ।

पुष २, २०८० सोमबार ०८:५२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।