पाँच प्रदेशमा आंशिक बदली हुने, चिसोबाट बच्न महाशाखाको आग्रह

पाँच प्रदेशमा आंशिक बदली हुने, चिसोबाट बच्न महाशाखाको आग्रह

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार मंगलबार र बुधबार पनि मौसम सामान्यतया सफा नै रहनेछ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न समेत महाशाखाले अनुरोध गरेको छ।

पुष २, २०८० सोमबार ०७:०७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।