राष्ट्रिय सभा निर्वाचनका लागि रास्वपाले दल दर्तै गरेन, नेमकिपासहित १२ दल प्रतिष्पर्धामा

राष्ट्रिय सभा निर्वाचनका लागि रास्वपाले दल दर्तै गरेन, नेमकिपासहित १२ दल प्रतिष्पर्धामा

काठमाडौँ : राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी नै दर्ता गरेन। निर्वाचन आयोगले माघ ११ गते हुने निर्वाचनका लागि गरेको आव्हान अनुसार १२ वटा दलले मात्र पार्टी दर्ता गराए।

राप्रपा, जनमत पार्टी लगायत रास्वपाभन्दा साना दलले निर्वाचनमा सहभागी हुन दल दर्ता गराए पनि प्रतिनिधि सभाको चौथो ठुलो शक्ति रास्वपाले निर्वाचन प्रयोजनका लागि दलै दर्ता गराए।

आयोगका अनुसार राष्ट्रिय सभाका लागि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले मात्र दल दर्ता गराएका थिए।

राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखसँगै प्रदेश सभा सदस्यहरूले मतदाता हुन्छन्। स्थानीय तहको निर्वाचनताका रास्वपा गठन भएकै थिएन। प्रदेश निर्वाचनमा सहभागी नै भएन। आफ्नो पार्टीको मतदाता नै नभएपछि पार्टी निर्वाचन प्रयोजनका लागि दर्तै भएन।

फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिदैछ जसमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ। एक जना राष्ट्रपतिले मनोनीत गर्नेछन्।  

राष्ट्रिय सभामा रहेका एमालेका ८, कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादीका एक रिक्त हुन लागेको हो।

निर्वाचनमा सरकारमा रहेका दलहरूबिच गठबन्धनको प्रयास भइरहेको छ। विपक्षी दल एमाले लगायतका दलहरूको रणनीति सार्वजनिक भइसकेको छैन।

पुष १, २०८० आइतबार २२:०२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।