आवश्यकताअनुसार मन्त्रीमण्डल फेरबदल हुनसक्छ तर अहिले नै छलफल भइसकेको छैन : सञ्चारमन्त्री

आवश्यकताअनुसार मन्त्रीमण्डल फेरबदल हुनसक्छ तर अहिले नै छलफल भइसकेको छैन : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन गर्न सकिने बताएकी छन्।

आइतबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले अहिले नै भने सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको बताइन्।

‘मन्त्रीहरूको जिम्मेवारी हेरफेरको कुराहरू छ, यो विषयमा कुनै छलफल भएको छैन, आवश्यकताअनुसार परिवर्तन यस्तो हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन’, उनले भनिन्।

पुष १, २०८० आइतबार १८:०१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।