युएइलाई हराउँदै पहिलो पटक बंगलादेशले जित्यो एसीसी यू-१९ एसिया कप

युएइलाई हराउँदै पहिलो पटक बंगलादेशले जित्यो एसीसी यू-१९ एसिया कप

काठमाडौँ : घरेलु टोली यूएईलाई हराउँदै बंगलादेशलले पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ।

बंगलादेशले यूएईलाई १९५ रनले हराएर फाइनल जितेको हो। दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा बंगलादेशले दिएको २ सय ८३ रको लक्ष्य पछ्याउँदा यूएई २४.५ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको थियो।

युएईका लागि ध्रुव परासरले सर्वाधिक २५ रनको पारी मात्र खेलेका थिए। अन्य ब्याट्सम्यानहरू सस्तैमा आउट भएका थिए। बंगलादेशका लागि मरुफ मिर्धा र रोहानत बोरसोनले समान ३/३ विकेट लिए । इकाबल र जिवोनले २/२ विकेट लिएका थिए।

पहिला ब्याटिङ गरेको बंगलादेशका ओपनर ब्याटर आशिकुर शिब्लीले उत्कृष्ट १ सय २९ रनको शतकीय पारी खेलेका थिए। चोभुर रिजवानले ६०, तथा अरिफुल इस्लामले ५० रनको अर्धशतकीय पारी खेलेका थिए।

कप्तान महफुजुर रबीले २१ रन बनाएका थिए। युएईका लागि अम्यान अहमदले सर्वाधिक ४ विकेट लिएका थिए भने ओमिद रहमानले २ विकेट तथा हार्दिक पाई र ध्रुव परासरले १/१ विकेट लिएका थिए।

पुष १, २०८० आइतबार १८:०१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।