छापा सञ्चार माध्यमबारे राम्ररी समीक्षा नगर्ने हो भने बाच्न गारो छ : सञ्चारमन्त्री शर्मा

छापा सञ्चार माध्यमबारे राम्ररी समीक्षा नगर्ने हो भने बाच्न गारो छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रिन्टेड मिडियाबारे राम्ररी समीक्षा गर्नुपर्ने समय आएको बताएकी छन्।

आइतबार काठमाडौंमा द राइजिङ नेपालको ५८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब छापा सञ्चारमाध्यम चल्न नसक्ने बताएकी हुन्।

उनले समाचारमा आधारित भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताइन्।

उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको बताइन्। सूचना जनतासमक्ष लैजाने एउटा पाटो भए पनि जनताका कुरा र गुनासा सकारसम्म पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन्। मन्त्री शर्माले जनतासम्म सरकारले गरेका निर्णय पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन्।

उनले भनिन्, ‘अहिले आउँदा प्रिन्टेड मिडिया विगतमा कुन सन्दर्भमा स्थापना भयो। कसरी अघि बढ्दै गयो र आज हामी कुन ठाउँमा छौँ भन्ने राम्ररी समीक्षा नगर्ने हो भने हामी बाँच्न गाह्रो छ। अहिले सूचना प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तन हेरेर हामी अघि बढ्न जरुरी छ। सरकारले गरेका काम जनतासमक्ष लैजाने र जनताले चाहेका कुरा सरकारसम्म ल्याउने काम गर्नुपर्छ। सरकारले गरेका कामका गुनासालाई व्यवस्थित ढंगले सरकारसमक्ष ल्याउनुपर्छ। हाम्रो प्रिन्टेड मिडिया चल्दै आयौँ, त्यसरी अब चल्न सक्दैन।’

पुष १, २०८० आइतबार १५:४९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।