आफैँले हुर्काएको नाबालिकाको बलात्कार गरेको आरोपमा माओवादी नेता देवकोटा पक्राउ

काठमाडौं : आफ्नै घरमा पालेकी किशोरीको बलात्कार गरेको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार देवकोटा एक साता अघि पेप्सिकोलास्थित उनकै घरबाट पक्राउ परेका हुन्।
उनले सानैदेखि आफ्नै घरमा लालनपालन गर्दै आएको किशोरीलाई दुई महिनादेखि बलात्कार गर्दै आएको पीडितको दाबी छ। पीडित किशोरीको उमेर १७ हो।
नाबालिगक बलात्कारको आरोपपछि प्रहरीले गत साता उनलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको खुलेको छ। केही दिनमा मुद्दा दर्ता गरिने एसपी ढुंगेलले बताए।
पुष १, २०८० आइतबार १५:१८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।