‘मिसन–८४’ भन्दा ‘भिजन–९५’ मा लागौं : महामन्त्री शर्मा

‘मिसन–८४’ भन्दा ‘भिजन–९५’ मा लागौं : महामन्त्री शर्मा

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘मिसन–८४’ भन्दा ‘भिजन–९५’ मा लाग्नुपर्ने बताएका छन्।

प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनी विकासको खाका तयार गर्न लाग्नुपर्ने बताएका हुन्।

चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको औल्याउँदै उनले भने ‘नेपालमा भुकम्पपछि घर पुनर्निर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला। तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्ने गरी योजना बनाऔँ।’

आउँदो फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने उनले बताए।

‘अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ,’ महामन्त्री शर्माले भने, ‘सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको कामको समीक्षा गर्नेछौँ। आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।’

पुष १, २०८० आइतबार १३:३९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।