अमरेशले दायर गरेको एनसेलविरुद्धको रिट ‘स्थगित’ सूचीमा

अमरेशले दायर गरेको एनसेलविरुद्धको रिट ‘स्थगित’ सूचीमा

काठमाडौं : एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट स्थगित सूचीमा परेको छ।

अमरेशकै कानुन व्यवसायीका तर्फबाट रिट स्थगित भएको हो। गत मंसिर २२ मा स्वतन्त्र सांसद सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र २८ गते हेर्न नभ्याइनेमा परेको थियो।

पुष १, २०८० आइतबार १३:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।