एमालेको संकल्प यात्रा प्रभावित पार्ने १४ जना पक्राउ

एमालेको संकल्प यात्रा प्रभावित पार्ने १४ जना पक्राउ
फाइल फोटो

काठमाडौं : एमालेको संकल्प यात्रा प्रभावित पार्न यातायात बन्द गराउँदै हिँडेको अभियोगमा धरानबाट १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित प्रदेश १ पुनः नामकरण संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्दको आह्वान गरेको छ।

सोही क्रममा शनिबार सुनसरी र झापाबाट ९ जना बन्दकर्ता पक्राउ गरको प्रहरीले आइतबार १४ जनालाई पक्राउ गरेको धरानका सागर चेम्जोङले जानकारी दिए।

उनका अनुसार आन्दोलनको क्रममा पक्राउ पर्नेमा इटहरीबाट विद्यार्थी नेता लक्ष्मण खवाहाङ लिम्बू, तारा प्रसाद राई, आइतराज लिम्बू, सरिता लोहोरुङ छन्। यस्तै, धरानबाट रमेश राई, चन्द्रमाया लिम्बू, अमित राई, बिष्णु तिगेला लिम्बू, पदम तामाङ, महेन्द्र गुरुङ, शिव इस्बो लिम्बू, सागर धामी, टि. एन सुब्बा लगायत रहेका छन्।

यातायात बन्दको दोस्रो दिन आज धरान, मोरङको पथरी लगायत पहाडी क्षेत्र प्रभावित रहेको छ।

१ पुस, २०८०, १२:४६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।