विपिन जोशीको रिहाइको आश्वासन लिएर फर्किए परराष्ट्रमन्त्री साउद

विपिन जोशीको रिहाइको आश्वासन लिएर फर्किए परराष्ट्रमन्त्री साउद

काठमाडौँ : दोहा २१ औँ फोरममा सहभागी परराष्ट्रमन्त्री एनपी साउद इजरायलबाट हमासको अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको रिहाइको आश्वासन लिएर फर्किए।

शनिवार स्वदेश फर्किएका साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दोहाको बसाइमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाएको दाबी गरेका हुन्।

उनले दोहा फोरममा जोशीको रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालको जलवायुको विषय उठाएको बताएका थिए। उनले आफूले उठाएको विषयमा कतार सरकारबाट सकारात्मक जवाफ पाएको दाबी गरे।

‘नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन, नेपाली नागरिकहरूलाई सुरक्षित रोजगारीका थप अवसरहरू उपलब्ध गराउन, नेपालको जलवायु लगायतका क्षेत्रमा कतारको लगानी अभिवृद्धि गर्ने विषयमा छलफल भयो,' उनले भने'हमास समूहको अपहरणमा परि बन्धक बनाइएका विपिन जोशीको रिहाइमा कतार सरकारको थप सहयोग र समन्वय लगायतका विषयमा छलफल गरेको छु। कतार सरकारबाट सकारात्मक जवाफ प्राप्त भएको छ।’

परराष्ट्रमन्त्री साउद दोहा २१ औँ सम्मेलनमा सहभागी हुन गत शनिवार कतार एयरलाइन्सको विमानबाट दोहा गएका थिए।

मंसिर ३०, २०८० शनिबार १८:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।