विभिन्न जिल्लाका सिडियोसहित गृह मन्त्रालयका २५ अधिकारीको सरूवा

विभिन्न जिल्लाका सिडियोसहित गृह मन्त्रालयका २५ अधिकारीको सरूवा

काठमाडौं : गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरूवा एवम् पदस्थापन गरेको छ।

त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सह-सचिवका रूपमा सरूवा तथा पदस्थापन हुँदा एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन्।

बाँकी सबै प्रमुख जिल्ला अधिकारी (सिडियो)को रूपमा सरूवा तथा पदस्थापन भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले वरिष्ठ अधिकारीहरूको सेवाअवधिको मापदण्डभित्र रही पदस्थापन त्यहाँका अधिकारीहरूको दाबी छ।

मन्त्रालयले पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई जिल्ला प्रशासन झापामा सरुवा गर्दा पाल्पामा गृह मन्त्रालयमा कार्यरत सह-सचिव आनन्द काफ्लेलाई प्रखुख जिल्ला अधिकारी बनाएर पठाएको छ।

यस्तै कपिलबस्तुका प्रमुख जिल्ला अधिकारीलाई सुर्खेत पठाउँदा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई भोजपुर पठाइएको छ।

कसको सरुवा र पदस्थापना कहाँ, पूरा सूची हेर्नुहोस्:-

मंसिर ३०, २०८० शनिबार १३:१३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।