एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न जसपाको सुझाव

एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न जसपाको सुझाव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरीय संसदीय समिति गठन गर्न सुझाव दिएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरीय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो।

जसपाले एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्री सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुने गरी सेयर बिक्री गर्ने प्रस्ताव र निर्णयलाई तत्काल रोक्न समेत माग गरेको छ।

नेपाली जनताले उठाएको राष्ट्रिय महत्वको एनसेल प्रकरणमा पार्टी गम्भीर रहेको र पार्टीको बैठकमा गम्भीर छलफल चलेको पार्टीका प्रचार विभागले जनाएको छ।

मंसिर ३०, २०८० शनिबार १२:४१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।