भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं : भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मध्यपुर ठिमि नगरपालिका-२ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि आइतबार साँझ भएको दुर्घटनामा स्कुटर चालक काभ्रेपलान्चोकको रोशी गाँउपालिका-१० का २३ वर्षीय बिशाल मैनालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बहाखा बजारबाट सानोठिमी तर्फ जाँदै गरेको बा ४ ख २३४७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

टिपरको ठक्करबाट घाइते भएका मैनालीलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर, भक्तपुर लगेकोमा उपचारको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगाना बताए।

ढुंगानाका अनुसार टिपर जिल्ला प्रहरी परिसरमा राखिएको र टिपर चालक धादिङको थाक्रे गाँउपालिका–७ का सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ३०, २०८० शनिबार ११:१९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।