द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेशन काउन्सिलबाट सम्मानित

द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेशन काउन्सिलबाट सम्मानित

काठमाडौं : द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेशन काउन्सिल (बीएसी) इन्स्टिच्युशनल अवार्डबाट पुनः सम्मानित भएको छ।

ब्रिटिस एजुकेशन ग्रुपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो।

कलेजले यसअघि नै सम्मान प्राप्त गरेको भए पनि थप शैक्षिक तथा भौतिक स्तरोन्नति गरेकोले सो अवार्ड सन् २०२५ सम्मलाई प्राप्त गरेको हो।

ब्रिटिस एक्रिडेसन काउन्सिल एक स्वतन्त्र, मान्यता प्रदान गर्ने निकाय हो, जुन शैक्षिक संस्थाहरूको मूल्याङ्कनका लागि विश्वव्यापी रूपमा प्रख्यात छ।
बीएसीद्वारा मान्यता प्राप्त हुनको लागि शिक्षाको गुणस्तर उच्च राख्ने, विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकायहरूको अपेक्षालाई पूरा गर्न सक्ने हुनुपर्छ।

बीएसीले मान्यता प्रदान गर्ने क्रममा कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरूको जाँच गरेको थियो।

कलेजले विद्यार्थी तथा कर्मचारीहरूलाई दिएको सुविधा, बिभिन्न विभागहरू, भवनको संरचना, पाठ्यक्रम, अनलाइन सेवा सुविधाहरू, विद्यार्थी भर्ना प्रकृया, विद्यार्थीहरूको लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरू जस्ता मापदण्डहरूलाई पूर्ण रुपले पालना गर्दै नेपालमा नै विश्वस्तरिय शैक्षिक अनुभव प्रदान गरेकोले ब्रिटिस कलेजले सो मान्यता प्राप्त गरेको हो।

यसले टीबीसीको बाह्य साझेदार संस्थाहरू, सल्लाहकार समिति, बलियो नेतृत्व, पठन–पाठनका स्रोत तथा सामग्रीहरू, विद्यार्थीहरूलाई उपलब्ध स्रोत साधनसँगै मार्गदर्शनमा निरन्तर वृद्धि र सुधार थप प्रमाणको रुपमा देखिएको छ।

कलेजले प्राप्त गरेको अवार्ड सम्बन्धमा प्रतिक्रिया दिँदै डेप्युटि प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडेनले यस्तो मान्यता प्राप्त गर्ने नेपालको पहिलो कलेज भएको गर्व लागेको बताए।

साथै, उनले नेपालमा शिक्षाको उन्नतिमा योगदान पुर्याउन धेरै अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू लागू गर्न चाहेको समेत बताए।

मंसिर ३०, २०८० शनिबार ०८:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।