त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप एक एटीएम सञ्चालन
काठमाडौं : एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा थप एक एटीएम सञ्चालनमा ल्याएको छ।
यसैगरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ।
बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ।
यसैगरी बैंकले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटीएम सञ्चालनमा ल्याएको छ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६६ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
मंसिर ३०, २०८० शनिबार ०८:१५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।