काठमाडौंका विभिन्न स्थामा आज चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न स्थामा आज चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिबार चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

पुल्चोक वितरण केन्द्र अन्तर्गत टेकुस्थित सबस्टेसनमा १३२ केभीमा स्तरोन्नति गर्न लागिएकाले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मविद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

यसबाट नखु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावर, आफल्डोल एरियामा विद्युत् सेवा आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

उसका अनुसार महाराजगञ्ज वितरण केन्द्रको हेपाली फिडर अन्तर्गत यूजी प्रोजेक्ट कार्यकाे लागि बिहान साढे ९ बजेदेखि साढे १ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको हो।

यस फिडर अन्तर्गत, हेपाली हाइट, देउराली जनता, कुँवर कोलनी, कृष्ण मन्दिर हुँदै ग्रिनल्याण्ड चोक, इसान अस्पताल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले कार्य निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएको समय अगावै विद्युत् आपूर्ति सुचारू हुनेसमेत जनाएको छ।

मंसिर ३०, २०८० शनिबार ०७:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।