‘थ्री एस’ सुविधासहित सेरेसको तेस्रो शोरुम पोखराको नागढुंगामा

‘थ्री एस’ सुविधासहित सेरेसको तेस्रो शोरुम पोखराको नागढुंगामा

पोखरा : विद्युतीय सवारी साधन कम्पनी सेरेसले पोखराको नागढुंगामा आफ्नो तेस्रो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले पोखरामा सेल्स, सर्भिस र स्पेयरपार्टस् शोरुम स्थापना गरेको हो।

नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीले जनाएको छ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एम.ए.डब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशव चन्द्र सेनले शोरुमको उद्घाटन गरे।

शोरुम उद्घाटनको अवसरमा २ जना ग्राहकलाई थापा मोटर्सले सेरेस इभी हस्तान्तरण गरेको छ। सेरेस थ्रि र मिनी इभी हस्तान्तरण गरिएको हो।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ।

मंसिर २९, २०८० शुक्रबार १३:१०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।