फोनपेको सञ्चालक समिति अध्यक्षमा सशीन जोशीको नियुक्त

फोनपेको सञ्चालक समिति अध्यक्षमा सशीन जोशीको नियुक्त

ललितपुर : भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपेले आफ्नो सञ्चालक समितिको अध्यक्षको रूपमा सशीन जोशीलाई नियुक्त गरेको छ।

मङ्सिर २७ गतेका दिन उनले नेपाल राष्ट्र  बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राबाट शपथ लिएर पदाबहाली गरेका छन्।

यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रूपमा आवद्ध थिए।

सशीन जोशी, जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रूपमा परिचित छन्।

करिव दुई दशक भन्दा लामो समय उनी नेपालको प्रमुख बैंकिङ् संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुन्थ्यो।

पदभार ग्रहण गर्दै जोशीले संस्थाको अध्यक्षको रूपमा काम गर्न पाउँदा निकै खुसी लाग्नुको साथसाथै नयाँ अनुभव समेत हुने बताए।

अध्यक्षको रूपमा आफूले फोनपे संस्थालाई अझै बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रूपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए।

मंसिर २९, २०८० शुक्रबार १३:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।