बलिउड अभिनेता श्रेयस तलपडेलाई हृदयघात
एजेन्सी : चर्चित भारतीय अभिनेता श्रेयस तलपडेलाई हृदयघात भएको छ।
बिहीबार राति हृदयघात भएपछि उनको मुम्बईको बेलेभ्यु अस्पतालमा एन्जियोप्लास्टी गरिएको छ।
तलपडेका प्रबन्धकका अनुसार उनको अवस्था अहिले स्थिर रहेको र निको भइरहेको बताए।
तलपडे ‘वेलकम टु जङ्गल’ फिल्मको सुटिङ गरिरहेका थिए। सुटिङपछि उनलाई हृदयघात भएको बीबीसी हिन्दीले जनाएको छ।
त्यसपछि राति करिब १० बजे डा वीएन लुलाको नेतृत्वमा उनको मुटुको शल्यक्रिया गरिएको थियो।
जनवरीमा ४८ वर्ष पुगेका तलपडे हिन्दी र मराठी फिल्मका चर्चित अभिनेता हुन्।
सन् २००२ मा फिल्म आंखेबाट बलिउडमा करियर सुरू गरेका तलपडेले ‘इकबाल’, ‘डोर’, ‘ओम शान्ति ओम’, ‘वेलकम टु सज्जनपुर’, ‘गोलमाल’, ‘हाउसफुल’जस्ता धेरै फिल्ममा अभिनय गरेका छन्।
मंसिर २९, २०८० शुक्रबार १२:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।