जाजरकोट भूकम्प प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २१ करोड जम्मा

जाजरकोट भूकम्प प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २१ करोड जम्मा
फाइल फोटो

काठमाडौं : जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २१ करोड ३१ लाख ४३ हजार १९५ रूपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार गएको कात्तिक १८ देखि मंसिर २८ गतेसम्म विभिन्न संघसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन्।

भुकम्पबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावितको सहयोगका लागि स्थापना गरेको कोषमा हालसम्म १०६ भन्दा बढी संघसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका छन्।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भुकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको थियो।

मंसिर २९, २०८० शुक्रबार ११:३९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।