यी तीन विषयमा कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
बैठक दिउँसो १२ः१५ बजे काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठक सार्ने तयारी गरिएको छ। आजको बैठकबाट उक्त निर्णय गर्ने तयारी गरिएको छ।
मंसिर २९, २०८० शुक्रबार ११:१९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।