चार दिनसम्म लगातार घटेको सुनचाँदीको मूल्य दुई दिनदेखि बढ्यो

चार दिनसम्म लगातार घटेको सुनचाँदीको मूल्य दुई दिनदेखि बढ्यो

काठमाडौं : साताको छैटौं दिन सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दा चाँदीमा तोलाको १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारदेखि बुधबारसम्म लगातार चार दिन घटेको सुनको मूल्य बिहीबार र शुक्रबार भने बढेको हो।

महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको १ लाख १९ हजार १ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५५० रुपैयाँ तोकिँदा चाँदीको मूल्य तोलामा १ हजार ४७ रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ८ सय रुपैयाँ, तेजाबी सुनको मूल्य १ लाख १८ हजार २५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँ थियो।

मंसिर २९, २०८० शुक्रबार १०:५२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।