मौमस : तराईमा हुस्सु र कुहिरो, भोलि कर्णालीमा हिमपातको सम्भावना

मौमस : तराईमा हुस्सु र कुहिरो, भोलि कर्णालीमा हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले शनिबार दिउँसो भने कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

मंसिर २९, २०८० शुक्रबार ०७:५५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।