१८ नर्ससहित १५७ जनाका लागि सेनाद्वारा दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले विभिन्न प्राविधिक पदमा १५७ जनाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक/हवाई/विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो।
सेनाले सैनिक कर्मचारीमा ४२ जना, मेडिकलमा ३२ जना, इन्जिनियरिङमा २२ जना, नर्सिङमा १८ जना, सैनिक ब्याण्डमा १४ जना, हवाईमा ७ जना तथा अन्य कर्मचारी पनि मागेको छ।
योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाट दरखास्त फराम भर्न पनि सकिने जनाएको छ। अनलाइन फाराम भरेको प्रिन्ट कपि लिएर तोकिएको केन्द्रमा उपस्थित हुनु पर्नेछ।
मंसिर २९, २०८० शुक्रबार ०७:२९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।