वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड माथि, कात्तिक महिनामा मात्रै २० अर्ब बढीको कारोबार

वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड माथि, कात्तिक महिनामा मात्रै २० अर्ब बढीको कारोबार

काठमाडौँ : पछिल्लो समय भुक्तानीमा डिजिटल प्रविधिको प्रयोग बढेको छ। राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड पाँच लाख ६७ हजार ४ सय पुगेका छन्।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार कात्तिक महिनामा मात्रै विभिन्न वालेटहरूमार्फत २० अर्ब २४ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ।

हाल देशमा २७ वटा भुक्तानी सेवा प्रदायक छन्। यी कम्पनीहरूमध्ये केही कम्पनीको अस्तित्व मात्रै रहे पनि समग्र वालेट कम्पनी मार्फत कारोबार भने बढेको तथ्याङ्कले देखाएको छ।

यस्तै, कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या ११ लाख ७० हजार ८ सय ५५ पुगेको छ। कात्तिक महिनामा कनेक्ट आईपीएसबाट तीन खर्ब ४९ अर्बभन्दा बढीको कारोबार भएको छ।

मंसिर २८, २०८० बिहीबार १९:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।