फूलमाला लिएर स्वागत गर्न बसेका व्यक्तिले गरे एमाले अध्यक्ष ओलीमाथि हातपात

फूलमाला लिएर स्वागत गर्न बसेका व्यक्तिले गरे एमाले अध्यक्ष ओलीमाथि हातपात

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ।

मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व पश्चिम अभियानका क्रममा बिहीबार धनकुटा पुगेका ओलीमाथी मध्याह्न करिब १२ बजेतिर लेगुवा भन्ने ठाउँमा हातपात भएको हो।

स्वागत गर्न भन्दै फूलमाला सहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ। आक्रमण गर्ने व्यक्ति राईको एउटा हात भने सुरक्षाकर्मीले समाएको देखिन्छ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ।

‘उसको व्यवहार शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको छ,’ उनले भने।

मंसिर २८, २०८० बिहीबार १६:३८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।