सिद्धबाबा बिरुद्धको जर्बरजस्ती करणी मुद्दा उच्च अदालत विराटनगरमा पुनः दर्ता

सिद्धबाबा बिरुद्धको जर्बरजस्ती करणी मुद्दा उच्च अदालत विराटनगरमा पुनः दर्ता

काठमाडौं :  २०७६ कात्तिक ४ गते सुनसरीको बराहक्षेत्रमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा पुनः उच्च अदालत विराटनगरमा दर्ता भएको छ।

सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिन गरेको निर्णयको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा गिरीविरुद्ध पुनरावेदन गरेको हो।

सोलुखुम्बुको जुबु निवासी गिरीले एकजना भक्तमाथि जबर्जस्ती करणी गरेको आरोप छ । रामकृष्णाचार्य, वैष्णवकृष्ण दास भन्ने सिद्धबाबा अहिले बराहक्षेत्र छोडेर काठमाडौँ बस्दै आएका छन्। जबर्जस्ती करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्याउनु पर्ने भन्दै जिल्ला अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसकेको भन्दै उनलाई सफाइ दिएको थियो।

सुनसरी जिल्ला अदालतले सुरुमा सफाइ दिएको थियो। सिद्धबाबाको ब्रह्मचर्य अदालतले तोड्दै भक्तजनमाथि करणी गरेको भनेको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासमा गरिएको पहिलो फैसलामा करणी सहमतिमा भएकोले जबर्जस्ती भन्न नमिल्ने उल्लेख थियो। यस विरुद्ध बादी प्रतिवादी दुवैले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

आफूमाथि जबर्जस्ती करणी भएको दाबी गर्दै पीडितको थियो भने सहमतिमा यौन सम्बन्ध राखेको कुरा खारेज गरिदिन सिद्धबाबाले पनि निवेदन दिएका थिए।

०७७ सालमा पुनरावेदन दर्ता भएपछि उच्च अदालत विराटनगरले सिद्धबाबालाई थुनामा पठायो। उनी उच्चको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा गएका थिए। सर्वोच्च अदालतले उच्चको थुना आदेश बेरितको नदेखिएको हुँदा परिवर्तन गरिरहनु परेन भन्ने आदेश दियो, सिद्धबाबा थुनामै रहे।

उच्च अदालत विराटनगरले ०७९ जेठ ३ गते फैसलामा मुद्दा जिल्ला अदालत सुनसरीमा फर्कायो। उच्च अदालतका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र सत्यमोहन जोशी थारूले सिद्धबाबाको मुद्दा ‘सुनसरी जिल्ला अदालतमा फिर्ता पठाइदिए पछि दोस्रो पटक सिद्धबाबाले सफाइ पाए।

दोस्रो पटक सुनसरी अदालतले सहमतिको करणीबारे केही भनेको छैन। उच्च अदालतले जिल्लामा पठाएको मुद्दा अहिले पुनः उच्चमै फर्किएको छ। उच्च अदालत विराटनगरका सूचना अधिकारी निधिराम दाहालले पुनरावेदनमा मुद्दा दर्ता भएको जानकारी दिएका छन्।

उनका अनुसार एक हप्ताको पेरी फेरीमा दर्ता भएको मुद्दाको सम्बन्धमा जिल्ला अदालतमा रहेको सुरु मुद्दा मिसिल मगाएर अध्ययन गरेपछि पेसी तोकिने जानकारी दिएका छन्।

मंसिर २८, २०८० बिहीबार १६:२५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।