चौथो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि

चौथो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि

काठमाडौं : मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ।

पौष ५, ६ र ७ गते भृकुटीमण्डप आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने आयोजकले जानकारी दिएको छ।

नेपाल फाईभ पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाउँमा ल्याएर व्यापार प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने उद्योग – व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो।

आयोजकका अनुसार प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी तथा सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने छ।

‘सप्लायर्स र उत्पादकहरूको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउने छ’, नेपाल फाईभ पि एक्स्पोको आयोजकले भन्यो।

मंसिर २८, २०८० बिहीबार १६:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।