चार महिनामा चार खर्ब ७८ अर्ब रेमिट्यान्स
काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार यसअवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भइ तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।
मंसिर २८, २०८० बिहीबार १४:०६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।