एकै दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

एकै दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको पाँचौं दिन सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुनमा २८ सय र चाँदीमा ५५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि हिजो भन्दा बढेर तोलाको १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंसिर २८, २०८० बिहीबार १०:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।