रियलीको दुई इयरबडहरू रियलमी बड टि ३०० र टि १०० बजारमा, कति पर्छ मूल्य?

रियलीको दुई इयरबडहरू रियलमी बड टि ३०० र टि १०० बजारमा, कति पर्छ मूल्य?

काठमाडौं : शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइल प्रा.लिले दुई उत्कृष्ट इयरबडहरू बजारमा ल्याएको छ।

आकर्षक मुल्य र उत्तिकै आकर्षक डिजाइनमा आएका यी दुई इयरबड्सहरुमा उत्कृष्ट गुणस्तरको साउन्ड एक्स्पिरियन्स गर्न सकिने कम्पनीको दाबी छ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी बड्स टि ३०० र रियलमी बड्स टि १०० अन्य इयरबडहरू कम खर्चमा उत्कृष्ट अडियोको अनुभव पाउन सक्ने दाबी गरे।

म्युजिकल पावरहाउस रियलमी बड टि ३००
संगीतका पारखीहरूका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त छ।

१२.४४ एमएमको डायनामिक ब्यास ड्राइभर सहित आउने यस टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ। ३० डिबीको ए.एन.सी (एक्टिभ नोइज क्यान्सिलेसन) सहितको यस बडमा तपाइँले आफूलाइ मनपर्ने गीतहरु आरामसँग सुन्न सक्नुहुन्छ।

रियलमीको यो टि ३०० इयरबड ४६० एम.ए.एचको ब्याट्री र चार्जिङ केसका साथ आउँदछ। ४० घण्टाको ब्याट्री लाइफ भएको यस बडमा एकदिन भन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले जनाएको छ।

रियलमी टि ३०० ५० एम.एसको अल्ट्रा–लो ल्याटेन्सीका साथ उपलब्ध छ जसले गेमिङ र भिडियो हेर्दा सिमलेस कनेक्टिविटी प्रदान गर्दछ। ३६०–डिग्री स्पेसल अडियो इफेक्टले थ्रि–डी साउन्डको अनुभव दिन्छ।

४–माइक्रोफोन कल नोइज क्यान्सलेसन भएकोले गर्दा फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तो सुकै हल्लाखल्ला भएपनि प्रस्टसँग आवाज सुन्न सकिन्छ।

रियलमी टि ३०० मा आइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकोले यो इयरबड टिकाउ पनि छ ।  रियलमी टि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज पनि प्रदान गर्दछ।

ब्लुटुथ ५.३ टेक्नोलोजीको साथ आउने यो रियलमी टि ३००ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि ३०० को मूल्य रु. ५४९९ रहेको छ।

कम्प्याक्ट र डायनामिक रियलमी बड टि १००
कम्प्याक्ट डिजाइनमा आएको यो रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ । १० एमएम ब्यास ड्राइभरको साथमा आउने यस रियलमी टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ।

यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको छ जसले गर्दा दिनभर आनन्दले गीत सुन्न सकिन्छ। ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा ए.आइ नोइज क्यान्सिलेसन फिचर पनि रहेको छ।

गेमिङमा रुची भएका ग्राहकहरुका लागि रियलमी टि १०० मा ८८ एमएसको अल्ट्रा–लो ल्याटेन्सी प्रदान गरिएको छ जसले गेम खेल्दा ल्याग हुन दिन्न। रियलमी लिङ्क एप प्रयोग गरेर सजिलैसँग आफ्नो मोबाइलबाट नै अडियो सेटिङहरू परिवर्तन गर्न सकिनेछ।

रियलमी टि १०० आइपीएक्स वाटर रेसिस्टेन्स सहित आउँछ जसले पानी र पसिनाबाट सुरक्षा प्रदान गर्दछ। स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि १०० को मूल्य रु.३९९९ रहेको छ।

मंसिर २८, २०८० बिहीबार ०९:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।