प्राधिकरणले खारेज गर्‍यो तीन कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र

प्राधिकरणले खारेज गर्‍यो तीन कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले तीन कम्पनीको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ।

बिहीबार सार्वजनिक सूचना निकालेर प्राधिरकणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल)सहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको हो।

युटीएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए।

पाँच वर्षपछि अनुमति पत्र नवीकरण गर्नुपर्नेमा नवीकरणबापतको दस्तुर तिरेर निवेदन दिनुपर्नेमा नगरेपछि अनुमतिपत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्न/बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरू ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ।

मंसिर २८, २०८० बिहीबार ०८:४७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।