मौसम पूर्वानुमान महाशाखाले भन्यो- आज र भोलि मौसम सफा, शनिबार हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले भन्यो- आज र भोलि मौसम सफा, शनिबार हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार भने कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंसिर २८, २०८० बिहीबार ०७:२९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।