टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

काठमाडौं : सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध दायर रिट आज पनि हेर्न नभ्याउनेमा परेको छ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत १४ जनाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार सुनुवाइका लागि पेसी तोकिएको थियो।

हेर्न नभ्याउनेमा परेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा थियो। अधिवक्ताहरूले रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्।

मंसिर २७, २०८० बुधबार १५:४६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।