नौ वर्षीया बालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्ध पक्राउ

नौ वर्षीया बालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्ध पक्राउ

तनहुँ : नौ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रनबहादुर सारू रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मंसिर २७, २०८० बुधबार १३:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।