शेखर कोइराला समूहको बैठक बस्दै

शेखर कोइराला समूहको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ।

मंगलबारका लागि तय गरिएको बैठक आज दिउँसो १ बजे अनुपम फुडल्यान्डमा बस्नेछ।

पार्टी महामन्त्री गगन थापाको समय मिलाएर हिजोका लागि तय भएको बैठक आजका लागि सारिएको थियो। पुस १६ देखि १९ सम्मका लागि तय गरिएको पार्टीको महासमिति बैठकलाई लक्षित गरेर शेखर समूहले बैठक बस्न लागेका हो।

मंसिर २७, २०८० बुधबार ११:५६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।