बीवाईडीद्वारा देशका ११ स्थानमा डीसी चार्जर जडान

बीवाईडीद्वारा देशका ११ स्थानमा डीसी चार्जर जडान

काठमाडौं : बीवाईडीका गाडीका लागि नेपालको आधिकारिक वितरक सीम्याक्स इन्क्लुसिभले देशका ११ स्थानमा डीसी फास्ट चार्जर जडान गरेको छ।

कम्पनीले पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा नयाँ डीसी चार्जर जडान गरेको हो।

यी चार्जरहरूमध्ये १० वटाले ३० किलोवाटको पावर आउटपुट दिनेछ भने मुलकोटमा जडित चार्जर ६० किलोवाटको हो।

यसरी सीम्याक्सले पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरेको हो।

चार्जिङ स्टेशनहरूको लोकेसन सीम्याक्सको वेबसाइटमा राखिएको छ। साथै त्यहाँ स्टेशनहरूको विस्तृत विवरणसमेत उल्लेख गरिएको छ।

कम्पनीले डिसेम्बर अन्त्यसम्म थप १८ डीसी फास्ट चार्जरहरू पनि सञ्चालन गर्ने तयारी गरेको छ।

बीवाईडी अट्टो ३ का लागि ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जर प्रयोग गर्न सकिन्छ भने बीवाईडी डल्फिनमा ६० किलोवाटसम्मको चार्जर प्रयोग गर्न सकिन्छ।

यसले ३० देखि ४५ मिनेटसम्म ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

मंसिर २७, २०८० बुधबार १०:०५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।