२१ वर्षीय छोराले ढुंगाले टाउकोमा हान्दा बुवाको मृत्यु

२१ वर्षीय छोराले ढुंगाले टाउकोमा हान्दा बुवाको मृत्यु

चितवन : जिल्लामा छोराको ढुंगा प्रहारबाट बुवाको मृत्यु भएको छ।

मंगलबार साँझ इच्छाकामना गाउँपालिका–३, चुम्लिङटारमा २१ वर्षीय छोरा सुनिलले ढुंगा प्रहार गर्दा ४१ वर्षीय बुवा रामशरण चेपाङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।

प्रहरीका अनुसार सुनिलको मानसिक सन्तुलन ठिक थिएन।

सुनिलले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा राति १० बजेर १० मिनेटमा डाक्टरमे मृत घोषणा गरेका थिए।

सुनिललाई प्रहरीले नियन्त्रण्मा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

२७ मंसिर, २०८०, ०९:४९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।