हिमालय एयरलाइन्सको काठमाडौं-चोङकिङ-काठमाडौं उडान सुचारु

हिमालय एयरलाइन्सको काठमाडौं-चोङकिङ-काठमाडौं उडान सुचारु

काठमाडौं : हिमालय एयरलाइन्सले काठमाडौं-चोङकिङ-काठमाडौं उडान सुचारु गरेको छ।

३ घण्टा १४ मिनेट लामो उडानले नेपालको राजधानी र चीनको व्यस्त सहरलाई पुन: जोडेको छ।

दुई सहरबीच प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्सको प्रतिबद्धता पूरा गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एच९ ७८७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार स्थानीय समय अनुसार बिहान १०ः०७ मा उडेको थियो भने चोकिङको जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार दिउँसो ३ बजेर ५० मिनेटमा अवतरण गरेको छ।

१२५ यात्रु बोकेर उडान भरेको विमान मंगलबार साँझ नै साढे छ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

एअरलाइन्सले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने जनाएको छ।

यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ।

एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ।

मंसिर २७, २०८० बुधबार ०९:०३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।