फुटबल मैदानमै रेफ्रीलाई मुक्का हानेपछि...
एजेन्सी : टर्कीको अंकारा शहरमा भएको फुटबल खेलमा रेफ्रीमाथि कुटपिट भएको छ।
मंगलबार जयकुर रिजेस्पोर र एमकेई अंकारागुकु क्लबबीचको खेल बराबरीमा सकिएपछि रेफ्री हलिल उमुत मेलरमाथि कुटपिट भएको हो।
खेलपछि एमकेई अंकारागुकु क्लबका अध्यक्ष फारुक कोजा दौडेर मैदानमा पुगि रेफ्रीलाई मुक्का हानेका थिए।
टोलीका अन्य समर्थकहरू पनि मैदानमा आएर रेफ्रीमाथि कुटपिट गरेका थिए।
यसपछि टर्किस फुटबल एशाेसियसनका अध्यक्ष मेहमत बुयुकेस्कीले लिगका अन्य खेलहरू तत्कालका लागि स्थगित गरिएको बताएका हुन्।
क्लबका अध्यक्ष फारुक कोजा र अन्य केहीलाई प्रहरीले पक्राउ गरेको छ। उनले पछि आफ्नो गल्ती स्वीकार गर्दै क्लबको अध्यक्षबाट राजीनामा दिएका छन्।
रेफ्री मेलरको अनुहार सुनिएको छ र उनको शरीरमा समेत चोट लागेका अस्पताल भर्ना गरिएको छ। टर्कीको शीर्ष लिगमा भएको घटनापछि टर्कीमा सबै लिग फुटबल स्थगित गरिएको छ।
मंसिर २७, २०८० बुधबार ०८:२१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।