‘शौर्य मिथिला लोक चित्रकला’को दोस्रो चरणमा ७५ जना छनोट

काठमाडौं : शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणका लागि ७५ प्रतिस्पर्धी छनोट भएका छन्।
शौर्य सिमेन्टको आयोजनामा मधेस प्रदेश स्तरमा गरिएको कार्यक्रममा १ सय ५० वटा भन्दा बढी आवेदन परेको थियो जसबाट दोस्रो चरणमा ७५ जनालाई छनोट गरिएको थियो।
छनोट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योग को परिसर स्थित हलमा क्यानभासमा दिइएको विषय वस्तुअनुसार चित्र बनाउन लगाइएको थियो।
उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनोट गरिनेछ जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ।
तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गते सम्म चल्नेछ। यस प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्धितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकि १२ जनालाई ५-५ हजार नगद प्रदान गरिने छ।
उक्त कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्याम सुन्दर यादव र सुनैना आर्ट ग्यालरी का सुनैना ठाकुर रहेका छन्।
मंसिर २७, २०८० बुधबार ०७:४६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।