यी प्रदेशमा आज सामान्य वर्षा र हल्का हिमपात

यी प्रदेशमा आज सामान्य वर्षा र हल्का हिमपात

काठमाडौं : पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अहिले बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको समेत सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंसिर २७, २०८० बुधबार ०७:३४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।